FAQs Complain Problems

Blogs

५८ औं नगर कार्यपालिकाको बैठकले निम्न बमोजिमको निर्णयगरेको छ।

"पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कालीगण्डकी नदीको संरक्षण एवं पर्यटन विकास गर्नका लागि रामपुर नगरपालिकाको आयोजना, नेपाल पर्यटन बोर्डको प्रायोजन तथा रम्भा गा.पा, घिरिङ्ग गा.पा. एवं चापाकोट नगरपालिकाको समन्वय एवं सहयोगका आधारमा यहि मितिः २०७६ बैशाख ६ र ७ गते कालीगण्डकी ¥याफ्टिङ्ग महोत्सव (राम्दीघाट-मालुङ्गा धाम-भुजात सिद्धवावा धाम-केलादी घाट हुदै पुट्टारघाट सम्म) आयोजना गर्ने निर्णय गरियो । साथै उक्त कार्यक्रमको संयोजक गिरिराज घिमिरे र सम्पर्क व्यक्ति कपिल बहादुर खाँणलाई तोक्ने निर्णय गरियो ।"