FAQs Complain Problems

Blogs

Pages

सवारी साधन पार्किङ व्यवस्थापन शुल्क उठाउने सम्बन्धि दरभाउपत्र आहवानको सूचना २०७२/०४/११

सवारी साधन पार्किङ व्यवस्थापन शुल्क उठाउने सम्बन्धि दरभाउपत्र आहवानको सूचना २०७२/०४/११

सवारी साधन पार्किङ व्यवस्थापन शुल्क उठाउने सम्बन्धि दरभाउपत्र आहवानको सूचना २०७२/०४/११

रामपुर नगरपालिका कार्यालय रामपुर, पाल्पाको
आ.व. ०७२/०७३ को लागी
सवारी साधन पार्किङ व्यवस्थापन शुल्क उठाउने सम्बन्धि दरभाउपत्र फाराम
प्रथम पटक प्रकाशित मिति २०७२।०४।११

यस रामपुर नगरपालिकाभित्र प्रवेश गर्ने सवारी साधनहरुको लागि सालवसाली रुपमा निम्न अवधिको लागि निम्न वमोजिमको ठेक्का लगाइने भएकोले इच्छुक फर्म वा व्यक्तिले यस कार्यालयबाट दरभाउपत्र खरिद गरी आवश्यक विवरण भरी दरभाउपत्रमा उल्लेख भएका कागजात संलग्न राखी सिलवन्दी दरभाउपत्र पेश गर्नुहुन यो सचना प्रकाशित गरिएको छ । आफुले कवोल गरेको अंकको ५% ले हुने धरौटी वापतको रकम यस न.पा. को खातामा जम्मा गरेको वैंक भौचर वा नगदै खाम वन्दी गरी दरभाउपत्र साथ पेश गर्नु पर्ने छ ठेक्काको शर्त निम्न बमोजिम उल्लेख गरिएको छ ।

शर्तहरुः

(१) दरभाउपत्र दिन चाहने व्यक्तिले पछि फिर्ता नहुने गरी रु ३००/– (अक्षरुपी तीन सय मात्र) तिरी यस कार्यालयबाट दरभाउपत्र खरिद गर्न सकिने छ ।

(२) दरभाउपत्र फाराम मिति २०७२/४/२५ गते दिनको १२.०० बजे सम्म वितरण गरिने छ ।

(३) दरभाउपत्र मिति २०७२/४/२५ गते  दिनको २.०० बजे भित्र दर्ता गरी सक्नु पर्नेछ ।

(४) दरभाउपत्र मिति २०७२/४/२५ गते दिनको २.०० वजे पछि दरभाउपत्र दाता र कार्यालयको प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्र दाता उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

(५) ठेक्का स्विकृत भएको व्यक्ति वा फर्मले एक हप्ता भित्र सम्झौता गरिसक्नुपर्नेछ । अन्यथा धरौटी जफत गरी दोस्रो वोलपत्र दाता संग सम्झौता गर्न सकिनेछ ।

(६) प्रत्येक ठेक्काको छुट्टा छुट्टै दरभाउपत्र पेश गर्नु पर्नेछ ।

(७) ठेक्का स्विकृत भएको व्यक्तिले वा फर्मले होर्डिड. वोर्ड राखी कर उठाउनु पर्नेछ ।

(८) सवारी प्रवेश कर उठाउने अवधि २०७२/५/१ गते देखि २०७३ आषाढ मसान्त सम्मको हुनेछ ।

(९) रकम वुझाउँदा प्रत्येक चौमासिक अनुसार तीन किस्तामा बुझाउनु पर्नेछ ।

(१०) प्रवेश शुल्क उठाउने जिम्मेवारी वोलपत्रदाताको हुनेछ र ठेक्का तोड्ने पाईने छैन र रकम मिनाहा हुने छैन ।

(११) सवारी साधनको प्रवेश शुल्क निम्न बमोजिम कायम गरिएको छ ।
 
सि.नं.     सवारी साधनको नाम                              लिने शुल्क

१    डोजर, एक्साभेटर, लरी                                    रु.१००।००
२    बस, ट्रक आदी                                              रु.६०।००
३    जिप, कार, डेलिभरी भ्यान, ट्याक्टर आदी          रु. ४०।००

ठेक्का लगाइने नाका विवरणः–

ठेक्का नं            ठेक्काको विवरण                न्यूनतम ठेक्का अंक

१    प्रवेश शुल्क केलादी नाका (पक्की पुल)       रु.७८,७००।००
२    प्रवेश शुल्क वेल्डाँडा नाका                       रु.१,१०,०००।००
३    प्रवेश शुल्क वरभञ्ज्याङ्ग नाका              रु.७७,०००।००
४    प्रवेश शुल्क रामटार नाका                       रु.३४,९२५।००